Comments Add Comment

थोत्रो गाडी दिएर अपमान गरेपछि ल्यान्डक्रुजर किनेँ : मुख्यमन्त्री गुरुङ

२४ साउन, पोखरा । गाडी खरिदको होडमा अरु प्रदेशभन्दा गण्डकी पछाडि रह्यो । गएको आर्थिक वर्षमा गण्डकी प्रदेशले १२ करोड ३२ लाख बराबरको सवारी खरिद गरेको छ ।

तर, सबैभन्दा महंगो गाडी चड्ने मुख्यमन्त्री गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ अगाडि रहे । मुख्यमन्त्री पृथ्वीसुब्बा करिव २ करोड ५० लाखको गाडी चढे चढ्छन् । उनी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले ल्यान्डक्रुजर किनेको हो ।

प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी बनेको भन्दै धेरैले आलोचना गरेका छन् । कतिले त संघीयतामाथि नै प्रश्न उठाएका छन् । तर मुख्यमन्त्री गुरुङ भने ‘केन्द्रमा बस्नेहरु’ले अपमानजनक व्यवहार गरेकाले महंगो गाडी किनेको तर्क गर्छन् ।

प्रदेशका मुख्यमन्त्री काठमाडौं जाँदा थोत्रो गाडी दिने र अपमानजनक व्यवहारको प्रतिरोधले महंगो गाडी खरिद गरेर चढेको उनको स्पष्टीकरण थियो । के थियो त अपमानजनक व्यवहार ? मुख्यमन्त्री गुरुङले एउटा घटना सुनाए :

प्रधानमन्त्रीको नेतृत्वमा बस्ने बैठकमा भाग लिन पोखराबाट काठमाडौं गएँ । एयरपोर्टबाट गौशला हुँदै जाँदै थिएँ । गौशला नुपग्दै गाडी बन्द भयो । गौशलाको प्रहरी कार्यालयमा मैले चिनेको एक जना डीएसपी थिए । उनलाई बोलाएर, उनैले पिकप गरिदिएर म बैठकमा पुगें । यस्तो अपमानजनक व्यवहार भएपछि म चाहिँ यिनीहरुकै सामु ल्यान्डक्रुजर गाडी चाढेर आउँछु भनेर मैले चढेको हो । नत्र मलाई ल्यान्डक्रुजर, प्राडो चढ्ने इच्छा थिएन ।

मुख्यमन्त्री गुरूङ चढ्ने गाडी ।

मुख्यमन्त्री गुरुङले काठमाडौं जाँदा ३ जना पनि नअट्ने थोत्रो गाडी दिने गरेको गुनासो पनि गरे । केन्द्रमा जाँदा झण्डावालको साटो अलग नम्बर प्लेट भएको गाडी दिने गरेको भन्दै उनले भने, ‘हामी जाँदा जहिले पनि राष्ट्रिय झन्डा नभएको सानो, थोत्रो गाडी दिने । यसरी अपमानकै कारण ल्यान्डक्रुजर किनेँ ।’

यो पनि पढ्नुहोस प्रदेश सरकारहरु गाडी किन्ने होडमा, एक वर्षमै झण्डै दुई अर्ब सकियो

केन्द्रलाई देखाउनै साढे २ करोड पर्ने गाडी नै किन्न जरुरी थियो र ? भन्ने प्रश्नमा उनले मुख्यमन्त्रीले एउटा गाडी चढेको विषयलाई ठूलो बनाउन नहुने तर्क गर्छन् । मुख्यमन्त्री गुरुङ भन्छन्, ‘यो मेरो रहर भन्दा पनि संघका मान्छेहरुले धेरै अपमान गर्छन् । प्रदेश मुख्यमन्त्रीको प्रतिष्ठा बढाउन पनि हो ।’

संघको मोजमस्ती कसैले देखेनन्

प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी भन्नु पूर्वाग्रहमात्रै भएको मुख्यमन्त्री गुरुङ बताए । प्रदेशका मन्त्रीहरुको कार्यालय र आवास समेत व्यवस्थित नरहेको भन्दै उनले संघ सरकारमा बस्नेहरुले गरेको मोजमस्ती कसैले नदेखेको बताए ।

यो पनि पढ्नुहोस मुख्यमन्त्रीको जवाफ : ब्रह्मा नै आए पनि कालीगण्डकी डाइभर्सन हुँदैन

‘हामी त प्रारम्भिक अवस्थामा गुज्रिरहेका छौं । न संरचना छ, न स्रोतसाधन छ । न कर्मचारी छन्, न कानुन छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘हामी आर्थिक अनुशासनमा छौं । गाडी चड्यो भनेर आलोचना नगरौं । प्रदेशको अवस्था र काम हेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment