Comments Add Comment

प्राधिकरणलाई वर्षायाममै कुलेखानीको ‘बोनस’

२६ साउन, काठमाडौं । मकवानपुरको कुलेखानी जलासयले यो वर्ष नेपाल विद्युत प्राधिकरणलाई ‘बोनस’ विजुली र आम्दानी दिएको छ । गत असार अन्तिम साता नै कुलेखानी जलासय भरिएपछि हाल कुलेखानीका दुईवटै आयोजनाबाट विजुली उत्पादन भइरहेको छ ।

यसबाट प्राधिकरणले वर्षातकै महिनामा करिब २० लाख युनिट विजुली उत्पादन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

विजुलीको बजार मूल्य अनुसार प्राधिरकणले हाल महिनामा ६० करोडको आम्दानी कुलेखानीबाटै गरिरहेको छ । प्राधिकरणले कुलेखानी जलासयलाई उच्च निगरानीमा राखेर सहत घटाउन प्रयत्न गरिरहेको छ ।

हाल जलासयको करिब १५ सय ३० मिटरमा भरिन्छ । प्राधिरकणले विजुली उत्पादन गर्न थालेपछि यसको तह हाल १५२५ मिटरमा झरेको छ ।

अझै वर्षतको समय बाँकी नै रहेकाले प्राधिरकणले कुलेखानीको सतह घटाउन आयोजना चलाइरहेको छ । गत वर्षहरुमा जलासय भर्न वर्षायामभरि कुलेखानी आयोजना बन्द गरेर राखिन्थ्यो । दशैंसम्म जलासय भरिएपछि मागलाई व्यवस्थापन गर्ने गरी मात्रै कुलेखानी केही घण्टाका लागि खोलिन्थ्यो ।

तर, यससपटक वषर्ायाम जारी रहँदै गर्दा नै प्राधिकरणले कुलेखानीका ६० र ३२ मेगावाटका दुबै पावर प्लान्ट चलाउन पाएको छ ।

कुलेखानीको जलाधार क्षेत्रमा हाल वर्षाको अवस्था सामान्य हुँदा कुलेखानीमा पानीको सतह बढ्ने क्रम जारी नै छ । वषर्ा घटेपछि गरिएको मापनमा पनि कुलेखानीको सतह प्रति १० मिनेटमा १ सेन्टिमिटरसम्म बढेको पाइएको थियो ।

यसअनुसार ६० मिनेट अर्थात् एक घण्टामा कुलेखानीमा ६ सेन्टिमिटरसम्म पानी भरिने अवस्था थियो । त्यसैलाई ध्यानमा राखेर कुलेखानीका दुबै पावर हाउस चलाइएको छ ।

फेरि भारी वर्षा भएमा केही दिनमै कुलेखानी भरिने अवस्था प्राधिरकण बताउँछ । कुलेखानीको पानीको सतहलाई प्राधिकरण, स्थानीय प्रशासन र नेपाली सेनाले निगरानी र सुरक्षा विश्लेषण गरिरहेका छन् ।

कुलेखानी जलायस भरिएर खोल्नु परेमा मकवानपुर, रौतहट लगायतका जिल्लाका तल्लो तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई असर पार्न सक्छ ।

क्षमताभन्दा बढी पानी राख्दा बाँधमा जोखिम हुने भएकाले कुलेखानी भरिनासाथ खोल्नुपर्ने छ ।

आसर अन्तिम साता भएको अबिरल वर्षामा कुलेखानी जलासयमा प्रतिघण्टा १.७८ मिटरसम्म पानीको सहत बढेको थियो । यस्तो अस्वभाविक रुपमा पानीको सतह बढ्दा सामान्य रुपमा असोजमा भरिने कुलेखानी यो वर्ष साउन नलाग्दै भरिन लागेको छ ।

गत असार २९ गते कुलेखानी भरिने अवस्था आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर तल्लो तटीय क्षेत्रका बसिन्दालाई सुरक्षित रहन आग्रह गरेको थियो ।

त्यसलगत्तै वर्षा कम भएपछि कुलेखानी आयोजना पूर्णरुपमा चलाउँदा पानीको सतह व्यवस्थापन भयो । तर, प्राधिरकण अहिले पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउँछ ।

‘नेपालको ऊर्जा ब्याकअप’ भनिने कुलेखानी आयोजना पूर्ण क्षमतामा चलिरहँदा देशभरका सबै आयोजना लगभग पूर्ण क्षमतामा चलेका छन् ।

यसका कारण भारतबाट ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट आउने १५० मेगावाट बाहेकका धेरैजसो प्रसारणलाइनबाट हुने विजुली आयात लगभग बन्द जस्तै छ । बरु नेपालले विभिन्न समयमा बढी भएको विजुली विजुली भारत पठाउँदैछ ।

विभिन्न प्रसारणलाइनबाट भारतको बिहारतर्फ विजुली निर्यात भइरहेको छ । नेपालले विद्युत् आदान प्रदान समितिमार्फत विजुली भारत पठाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment