Comments Add Comment

पुलिसकी संगिताले बनाइन तीन कीर्तिमान

काठमाडौं । नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलनको पहिलेा दिन नेपाल पुलिसकी संगिता राईले तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

नेपाल पुलिसकी राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्नाचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ केजीका साथ कुल १३५ केजीका साथ तीनै विधामा कीर्तिमान बनाएकी हुन् ।

यस अघि उनकै नाममा ५८, ७५ र १३३ केजीको कीर्तिमान थियो । उनले ८ औं राष्ट्रिय खेलकुदमा यो कीर्तिमान राखेकी हुन् । यस तौलमा उनी एक मात्र खेलाडी रहेकी थिइन् ।

जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४०, क्लिन एण्ड जर्कमा ५० गरि कुलमा ९० केजी उठाइन् । यस्तै सशस्त्र प्रहरीकी पल्लभी कुमारी चौधरीले ४०, ४८ केजी गरि कुल ८८ केजीका साथ रजत पाइन् । तेश्रो स्थानमा रहेकी ल्गोबल बिएसएस लि. सप्तरीकी पुजा मण्डलले ३७ र ४२ केजीका साथ कुल ७९ केजी भार बहन गरिन् ।

महिला सिनियर ४५ केजीमा सेनाकी रिता गुरुङ्गले क्लिन एण्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले क्लिनमा ६२ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी हुन् । यस्तै स्नाचमा ४२ केजी भार बहन गरेकी उनले कुलमा १०४ केजीका साथ कीर्तिमान कायम गरिन् । गुरुङ्गले स्वर्ण हात पारिन् ।

स्तै दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४७ केजीका साथ कीर्तिमान बनाईन् । उनले क्लिनमा ५६ केजी सहित कुल १०३ केजी भार बहन गरिन् । तेश्रो स्थानमा बर्दियाकी हिरामोती थारु रहिन । उनले स्नाचमा ३०, क्लिन एण्ड जर्कमा ४५ गरि कुल ७५ केजी भार बहन गरिन् । यस तौल समूहमा रिता गुरुङ्गकै नाममा स्नाचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान थियो । रिताले यो कीर्तिमान आठौं राष्ट्रिय खेलकुदमा राखेकी थिइन् ।

४५ केजी जुनियर महिलातर्फ ग्लोबल बिएसएए लि सप्तरीकी काजल सदाले स्वर्ण पाइन् । उनले स्नाचमा २७ र क्लिनमा ३७ गरि कुल ६४ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी दाङ्गकी संजना चौधरीले ३० र ३२ केजीका साथ ६२ केजी भार उचालिन् ।

५५ केजीको सिनयर तर्फ नेपाल पुलिसकी देवी कुमारी चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६० किल्न एण्ड जर्कमा ८२ गरि कुल १४२ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी सेनाकी गौरी चौधरीले स्नाचमा ५० र क्लिनमा ५८ गरि १०८ तथा तेश्रो भएकी एपिएफकी लिला राईले स्नाचमा ३०, क्लिनामा ४० गरि कुल ७० केजी भार बहन गरिन् ।

यस्तै सिनियरतर्फ कै ५९ केजी तौलमा स्नाच तर्फ संजु चौधरीले ७१ केजी भारका साथ कीर्तिमान बनाएकी छिन् । यसअघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान थियो । कमलाले आठौ राष्ट्रिय उक्त कीर्तिमान बनाएकी थिइन् ।

यस्तै ६४ केजी तौलमा नेपाली सेनाकी सारदा चौधरीले स्नाचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान राखिन् ।

राष्ट्रिय कीर्तिमान राख्ने क्रममा ७१ केजी तौलमा पुलिसकी राजलक्ष्मी थापाले स्नाचमानै ६६ केजी भारका आफ्नै नाममा रहेको ६३ केजीको कीर्तिमानमा सुधार गरेको प्रतियोगिता संयोज तथा आयोजक संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । थापाले पनि आठौंमा अघिल्लो कीर्तिमान बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment