+
+

बहुविवाह गरेको अभियोगमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २०:२३

२८ साउन, चितवन । श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा चितवन प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका ९ का राजेश गुरुङले भरतपुर लायन्सचोक बस्ने रश्मी सुनारसँग विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको छ ।

गुरुङकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २१ को दफा १२१ अन्तर्गत वहुबिवाहसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न भन्दै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?