+
+
Shares

६२ वर्षको उमेरमा पाइन् शान्तिदेवीले नागरिकता

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ कात्तिक १६ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी ६२ वर्षीया शान्तिदेवी नेपालीले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्।
  • नागरिकता नहुँदा उनी लामो समय राज्यका सेवा र सुविधाबाट बञ्चित थिइन्, र अब सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुलेको छ।
  • माइतीतर्फ परिवार र श्रीमानको मृत्यु भएपछि कागजात जुटाउन कठिन बनेको उनको नागरिकता प्रशासन र आफन्तको सहयोगमा करिब एक सातामा बनाइएको हो।

१६ कात्तिक, रुकुमपूर्व । ६२ वर्षको उमेरसम्म नागरिकताविहीन जीवन बिताएकी रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्तत: नेपाली नागरिकता प्राप्त गरेकी छन् ।

२०२१ सालमा जन्मिएकी नेपालीले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

नागरिकता नहुँदा उनी लामो समयदेखि राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित थिइन् । अब भने उनका लागि सामाजिक सुरक्षा भत्ता पाउने बाटोसमेत खुलेको छ ।

विवाह गरेर रुकुमपूर्व आएकी शान्तिदेवीको माइतीतर्फ बुबाआमासहित परिवारका सदस्य कोही थिएनन् । त्यसैले नागरिकता बनाउन आवश्यक पारिवारिक विवरण र कागजात जुटाउन उनलाई कठिन भयो । त्यसमाथि उनका श्रीमानको २०६७ सालमै मृत्यु भएपछि नागरिकता प्राप्तिको प्रक्रिया थप जटिल बनेको थियो ।

नागरिकता बनाउन आवश्यक कागजात जुटाउन आफन्तजनको सहयोगमा उनले प्रयास गर्दै आएकी थिइन् ।

केही समयअघि जिल्ला प्रशासन कार्यालय पुगेपछि उनको समस्याबारे जानकारी पाएको प्रशासनले नागरिकता दिलाउन आवश्यक प्रक्रिया अघि बढायो । आफन्तजनको सहयोग र प्रशासनको सहजीकरणमा करिब एक सातामै आवश्यक कागजात जुटाएर उनलाई नागरिकता प्रदान गरिएको हो ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले लामो समयदेखि नागरिकताविहीन रहेकी शान्तिदेवीलाई प्रशासनको पहलमा नागरिकता दिलाउन सफल भएको बताइन् ।

‘उहाँ केही समयअघि नै नागरिकता बनाउन प्रशासन कार्यालय आउनुभएको थियो। माइतीतर्फ बुबाआमासहित कोही नरहेको र श्रीमान्को पनि मृत्यु भइसकेको रहेछ । त्यसैले आवश्यक कागजात जुटाउन केही समय लाग्यो। प्रशासनको तर्फबाट प्रयास गर्‍यौँ, कागजात जुटायौँ र अन्तत: नागरिकता दिलाउन सफल भयौँ,’ राईले भनिन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?