
२८ साउन, काठमाडौं । पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको छ ।
कृषि विकास बैंक मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् ।
उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार प्रतिवादी खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री बहाल रहेको भए ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको हो । त्यस्तै राजुप्रसाद खत्रीलाई मुलुकी फौजदारी संहिताअनुसार समाह्वान जारी गर्न आदेश दिइएको छ ।
उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पु¥याएको कृषि विकास बैंकको दाबी छ ।
प्रतिक्रिया 4