+
+
Shares

लाइसेन्सको परीक्षा पास गराउँछु भन्दै ३० हजार लिने युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २०:१९

२८ साउन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा पास गराइदिन्छु भनी रकम लिने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा-१५ लक्ष्मणवाका २४ बर्षका सागर तुलाधर रहेका छन् । तुलाधर विरुद्ध मोटरसाईकल तथा चार चक्काको गाडीको लिखित परीक्षा पास गराइदिन्छु भनी ३० हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत साउन ३ गते वीरगञ्ज वडा-३१ बेल्वा प्रसौनी बस्ने २० बर्षीय रेयाज अन्सारीले सागरविरुद्ध उजुरी दर्ता गरेका थिए । सोही उजुरीकै आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले रेयाजलाई पक्राउ गर्न सफल भएको थियो ।

तुलाधरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?