+
+
Shares

टाटा ट्रस्ट र सिप्रदियन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा चौथो विद्यालय पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २०:०८

टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्ट र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको साझेदारीमा संचालित ‘नेपाल अर्थक्वेक रेस्पोन्स प्रोगाम’ अन्तर्गत सिन्धुपाल्चोकमा चौथो विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा अवस्थित मार्मिङ माध्यमिक विद्यालय पुनर्निर्माण गरी उद्घाटन गरिएको हो। नवनिर्मित भूकम्पप्रतिरोधी विद्यालय भवनको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले उद्घाटन गरे ।

उक्त समारोहमा मार्मिङ गाउँका ६ सयभन्दा धेरै विद्यार्थीहरू र अभिभावकको उपस्थिति थियो। भूकम्पप्रतिरोधी र आधुनिक डिजाइनमा पुनर्निर्मित विद्यालय भवनको संरचना अपांगमैत्री सुविधाहरू छन्। वि.सं २०७२ सालको भूकम्पले विद्यालयमा नराम्ररी क्षति पुर्‍याएको थियो । विद्यालका कक्षाकोठाहरू, विज्ञान प्रयोगशाला र अन्य कोठाहरू भत्किएका थिए।

पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी विद्यालयमा १० वटा कक्षाकोठाहरू, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, मन्टेश्वरी कक्षाकोठाहरू र अन्य भौतिक सुविधाहरू रहेका छन्। यस विद्यालयमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्न आवश्यक सम्पूर्ण सुविधाहरू छन्। यो विद्यालय २.७ करोड रूपैयाँभन्दा पनि बढीको लागतमा पुनर्निमार्ण गरिएको टाटाले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक ध्रुव थापाले भूकम्पमा कक्षाकोठाहरू भत्किएपछि चौरमा अध्यापन गराउनुपरेको बताउँदै पुर्निर्माणमा संलग्न टाटा ट्रस्ट र साझेदारहरूप्रति आभार व्यक्त गरे ।

टाटा केमिकल्सका प्रमुख अपरेटिङ अफिसर शहोब राइसले भूकम्पपश्चात् नेपाल र भारतमा संचालित विभिन्न परियोजनाहरूका बारेमा जानकारी गराए।

सिप्रदियन सहायता संस्थाको सहकार्यमा टाटा ग्रुपले सातवटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकी पुनर्निर्माण थालेको थियो । हालसम्म चार वटा विद्यालय भवनहरू हस्तान्तरण भइसकेका छन्।

सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले सिप्रदियन सहायता संस्थाद्वारा टाटा कम्पनीसँगको साझेदारीमा नेपालका विभिन्न ठाउँहरूमा संचालित उद्धार तथा पुनर्निर्माण गरिएको परियोजनाबारे प्रकाश पारे। सिन्धुपालचोकमा संस्थाले संचालन गर्ने भावी परियोजनाहरूका बारेमा पनि उनले समारोहमा जानकारी गराए । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि लाभग्राहीको पहिचान गर्न अपनाइएका विधिसम्मत प्रक्रियाहरूबारे पनि बताए ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले सिप्रदियन सहायता संस्था र साझेदार संस्थाहरूले गरेका कार्यहरूको प्रशंसा गर्दै यस्तो किसिमको सहयोगबाट गाम्रिण भेगका विद्यार्थीहरू लाभान्वित हुने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?