+

स्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता

२०८२ असोज  ३० गते २१:१६ २०८२ असोज ३० गते २१:१६
स्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच तीन वर्षका लागि एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ।
  • सम्झौतामा खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम, प्रतियोगिता सहभागिता र प्रविधिक सहयोग समावेश छन्।
  • सम्झौता अस्ट्रेलियाको पर्थमा भएको थियो र अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन उपस्थित थिए।

३० असोज, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ ।

स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम कार्यक्रम, प्रतियोगितामा सहभागिता र प्रविधिक सहयोग जस्ता गतिविधिहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् । सम्झौता ३ वर्षका लागि कायम रहने छ ।

कार्यक्रम अस्ट्रेलियाको पर्थस्थित टेबलटेनिस वेस्टर्न अस्ट्रेलियामा भएको थियो । कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनको पनि रहेको उपस्थित थियो ।

यो सम्झौता टेबलटेनिस खेलको विकास, आपसी सम्बन्ध सुदृढीकरण र अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानका लागि एक महत्वपूर्ण कदम भएको स्ट्यागले जनाएको छ ।

टेबलटेनिस एक्सचेन्ज कार्यक्रम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय