+
+
Shares

बार्सिलोनाको प्रस्ताव : नेइमारलाई भित्र्याउन काउटिन्हो र सय मिलियन युरो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २०:०४

२८ साउन, काठमाडौं । ला लिगा च्याम्पियन नेइमारका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सामू औपचारिक प्रस्ताव राख्ने तयारीमा जुटेको छ ।

ब्राजिलियन फवार्डलाई नाउक्याम्पमा फर्काउन बार्सिलोनाका टेक्निकल डाइरेक्टर एरिक एल्बिडालसहितको टोली पेरिस गरेको छ । स्पेनिस मिडियाकाअनुसार बार्सिलोना फिलिप काउटिन्हो र एक सय मिलियन युरो तिर्न तयार छ ।

पीएसजीले नेइमारलाई सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा किनेको थियो ।

अहिले नेइमार पीएसजी छाड्न आतुर छ ।

पीएसजीका अधिकारीहरुले पनि नेइमारलाई बेच्न चाहेको छ । प्रि सिजन टुरका साथै लिग वानको पहिलो खेलमा पीएसजीले निमलाई हराउँदा पनि नेइमार टीममा रहेनन् ।

उसले बार्सिलोनाबाट काउटिन्होसँगै साउट ब्याक सेमेडोलाई भित्र्याउन चाहेको गोलले जनाएको छ ।

उसो त नेइमारलाई भित्र्याउन बार्सिलोनासँगै चिरप्रतिद्वन्द्वी रियल मड्रिड पनि इच्छुक देखिएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?