+
+
Shares

मेस्सीसँग तुलना गर्दै रोनाल्डो : अलगअलग क्लबबाट च्याम्पियन्स लिग जितेको छु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २०:०७

२८ साउन, काठमाडौं । क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीमध्ये को उत्कृष्ट भन्ने बहस अझै सकिएको छैन । पोर्चुगिज फवार्डले मेस्सीभन्दा आफू फरक रहेको दाबी गर्दै धेरै क्लबबाट च्याम्पियन्स लिग जितेको तर्क अगाडि सारेका छन् ।

युरोपको महत्वपूर्ण उपाधि च्याम्पियन्स लिग रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडबाट जितेका छन् । यो सिजन युभेन्टसबाट जित्न चाहन्छन् ।

‘मसँग फरक भनेको मैले अलगअलग क्लबबाट च्याम्पियन्स लिग जितेको छु,’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म लगातार ६ वर्ष च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता रहेँ ।’

यद्यपि मेस्सी पनि आफू जस्तै उत्कृष्ट खेलाडी भएको बताए । रोनाल्डोले भनेका छन्, ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन्, जसलाई बालोन डि’ओर जितेका कारण मात्र सम्झिनौं, लामो समय माथिल्लो स्तरको खेलका लागि पनि ।’

अन्तर्वार्ताका क्रममा उनले रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानसँगको सम्बन्धबारे पनि चर्चा गरेका छन् ।

जिदानले आफूलाई विषेश महसुस गराएको भन्दै उनले भने, ‘उनले मलाई धेरै मदत गरेका छन् । उनीप्रति मेरो सम्मान थियो नै । सँगै काम गर्दा त्यो अझ बढ्यो ।’

Results

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?