+
+

जनस्वास्थ्यका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १९:४६

१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौं टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्ता र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा  मुद्धा दायर गरिएको हो ।

कोटेशन मार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसारको रकम भुक्तानी दिने बेलामा कमिशनबापत १ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएकोले उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अनुसन्धानको क्रममा गुप्ता र केसीको मिलोमतोमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएकाले मुद्धा दायर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?