+
+

दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १५ गते १८:५४

नेपालको बाटो र माटोलाई सुहाउदो विभिन्न मोडलका निर्माण उपकरणहरु विक्री गर्दै आएको एम भी दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपी को यो नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरको बिक्री वितरण गर्न शुरु गरेको छ ।

यसको विक्री पहिलोपटक नेपालमा शुरु भएको ग्रुपले जानकारी दिएको छ ।

देशमा बनिरहेका सडकहरुमा लगभग ८६ प्रतिशत सडक एक लेन र दुई लेनमा बनिरको अवस्थामा बिकल्पको अभावले बाध्यताबस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनु परिरहेको अवस्था नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरले पूर्ति गर्ने विश्वास ग्रुपको छ ।

सुरुवाती लगानी बडी खर्चनु पर्ने तथा संचालन खर्च पनिबडीनै चुकाउनुपर्ने अबस्थामा थोरै लगानी र कम संचालन खर्च रहने जी –९० मोटर ग्रेडर समय सापेक्ष सरल र सस्तो रहेको एम भी दुगड ग्रुपले जनाएको छ ।

तराईका फाट ,खोला नाला तथा पहाडका अप्ठ्यारा उकाली ओराली तथा घुमौरा सडकहरुमा पनि सजिलोसंग प्रयोग गर्न सकीने यस मोटर ग्रेडरमा अत्याधुनिक प्रबिधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना,मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिन्छ ।

कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च,सरल तथा अत्याधुनिक प्रबिधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमता यसका बिषेशता रहेको कम्पनीको दाबी रहेको छ ।

उचित मूल्यमा उपयोगीे गे्रडरको अभाव खड्कीरहेको अवस्थामा यो ग्रेडरले शहरी तथा ग्रामीण बाटोहरुलाई आधुनीक यान्त्रिकीकरणबाट सिघ्र तथा कम लागतमा आधुनीक मापदण्डको स्तरमा निर्माण गरी नेपाल जस्तो विकाशोन्मुख देशको निर्माणजगतमा क्रान्ति ल्याउने कुरामा विश्वस्त रहेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?