+
+

विद्यार्थीहरुसँग वार्ता गर्न त्रिवि पदाधिकारीलाई शिक्षामन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १२:३१

१६ भदौ, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुसँग सम्वाद थाल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान  (आईओएम) र काठमाडौं विश्वविद्यालयमा ताला लगाएका छन् । आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ ।

परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका छन् । उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत भनेका छन् ।

उनले काठमाडौं विश्वविद्यालयलाई पनि वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?