Comments Add Comment

लक्ष्मीमार्ग गोल्डकप असोज ४ देखि

२३ भदौ, विराटनगर । मोरङको लक्ष्मीमार्गमा तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ४ गते सुरु हुने भएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा असोज १० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख र दोस्रोले दुुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए ।

प्रतियोगितामा झापा–११, नेपाल पुलिस क्लब, एपीएफ काठमाडौं, रोयल क्लब भारत, रुपन्देही–११, आयोजक मोरङ, सुनसरी–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं गरी ८ क्लबले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । प्रतियोगितामा ३३ लाख आम्दानी र ३१ लाख चार हजार रुपैयाँ खर्च हुने हुने अनुमान आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment