Comments Add Comment

थप्पडको बदला हत्या ! १८ वर्षपछि समातिए आरोपित

२३ भदौ, काठमाडौं । प्रहरीले १८ वर्ष पुरानो हत्या सम्बन्धी कसूरका आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–३४, महादेवस्थानका भीमसेन भण्डारी छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुर बसपार्कबाट पक्राउ गरेको हो । ब्युरोका एसपी दिपक रेग्मीका अनुसार राईले ७ साउन २०५८ मा रत्नराज्यस्थित महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका अशोक राईको हत्या गरेका थिए ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भण्डारीले राईको पिछा गरेर धारिलो हतियार प्रहार गरेका थिए’, रेग्मीले भने, ‘घटनापछि उनी उपत्यकाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए ।’

प्रहरीका अनुसार २० वर्षको हुँदा हत्या गरेका राई अहिले भक्तपुर क्षेत्रका गाडीमा सह–चालकको रुपमा कार्यरत् थिए ।

घटना भएका दिन भट्टी पसमा वादविवाद हुँदा मृतक राईले उनलाई थप्पड हानेको प्रहरी बताउँछ । जसको जवाफ स्वरुप भण्डारीले निर्माणाधीन घरको सामान कुर्न बनाइएको टहरोमै पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment