+
+
Shares

थप्पडको बदला हत्या ! १८ वर्षपछि समातिए आरोपित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १९:४२

२३ भदौ, काठमाडौं । प्रहरीले १८ वर्ष पुरानो हत्या सम्बन्धी कसूरका आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–३४, महादेवस्थानका भीमसेन भण्डारी छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुर बसपार्कबाट पक्राउ गरेको हो । ब्युरोका एसपी दिपक रेग्मीका अनुसार राईले ७ साउन २०५८ मा रत्नराज्यस्थित महादेवस्थानमा निर्माणाधीन घरको सामान कुर्न बसेका अशोक राईको हत्या गरेका थिए ।

‘मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भण्डारीले राईको पिछा गरेर धारिलो हतियार प्रहार गरेका थिए’, रेग्मीले भने, ‘घटनापछि उनी उपत्यकाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए ।’

प्रहरीका अनुसार २० वर्षको हुँदा हत्या गरेका राई अहिले भक्तपुर क्षेत्रका गाडीमा सह–चालकको रुपमा कार्यरत् थिए ।

घटना भएका दिन भट्टी पसमा वादविवाद हुँदा मृतक राईले उनलाई थप्पड हानेको प्रहरी बताउँछ । जसको जवाफ स्वरुप भण्डारीले निर्माणाधीन घरको सामान कुर्न बनाइएको टहरोमै पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?