Comments Add Comment

१ सय ९६ देशमा म्याराथन दौडिएर विश्व रेकर्ड

विश्व कीर्तिमान कायम गर्ने कुरा लरतरो होइन। बेलायतका एक व्यक्तिले विश्वका १ सय ९६ वटा देशमा म्याराथन दौडिएर कीर्तिमान बनाएका छन् ।

बेलायतको ब्रिस्टल सहर निवासी निक बटरले बनाएको यो कीर्तिमान धेरैका लागि अकल्पनीय हो । नहोस् पनि किन ? अहिलेसम्म उनीबाहेक दुनियाँका कोही पनि मानिसले यतिधेरै देशमा म्याराथन दौडमा भाग लिएका छैनन् ।

निक ३० वर्षका भए । उनले आफ्नो १ सय ९६ औं म्याराथन ग्रिसको राजधानी एथेन्समा दौडिएका हुन् । उनले हरेक देशमा २६.२ माइल दूरी दौडिए ।

गत वर्षको जनवरीदेखि उनले आफ्नो विश्वव्यापी म्याराथन सुरु गरेका थिए । सुरुमा उनले क्यानडामा म्याराथन दौडिए । १ सय ९६ देश पूरा गर्न उनलाई ६ सय ७४ दिन लाग्यो । त्यसक्रममा उनले ५ हजार १३० माइल दौडिए ।

आफ्नो म्याराथनबाट उनले झण्डै ३ करोड रुपैयाँबराबरको रकम संकलन गर्न सफल भएका छन् । उक्त रकम क्यान्सरपीडितहरुका लागि दान गर्ने उनको योजना छ । आफू म्याराथनका लागि पुगेका हरेक मुलुकहरुमा आफुले भरपूर साथ पाएको उनी बताउँछन् ।

तर उनको म्याराथन यात्रा सजिलो भने पक्कै रहेन । विभिन्न देशमा उनले अनेक खालका दुःख झेल्नुपर्यो । कति ठाउँमा उनलाई कुकुरले टोक्यो भने एक ठाउँमा त कारले ठक्कर दिएर घाइते बनायो । उनले एक ठाउँमा त झण्डै गोली नै खानुपर्यो भने आक्रमणका क्रममा कुइनोको हड्डी नै खुस्कियो ।

कीर्तिमानी धावक निक केवल सुगम ठाउँमा मात्र दौडिएनन्, अन्टार्कटिकादेखि साहारा मरुभूमिसम्मै उनी पुगे ।

१ सय ९६ देशमा दौडिन जाने क्रममा उनले पछिल्लो १८ महिनामा १० वटा नयाँ पासपोर्ट बनाउनुप¥यो भने आफ्नो पासपोर्टमा विभिन्न १ सय २० वटा देशका भिसा लगाए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment