+
+
Shares

उपप्रधान एवं रक्षामन्त्री पोखरेल युएई प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३० गते ११:४२

३० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

दुबईमा उनले द्विपक्षीय उच्च स्तरीय छलफल तथा भेटघाटसँगै ‘दुबई एयर–शो’मा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।

‘एअर–शो’को पहिलो दिन आइतबार हुने उद्घघाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नेछन् ।

उनले त्यहाँका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीहरुसँग भेटघाट तथा विभिन्न पक्षसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको रक्षामन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए ।

सरकारले आर्थिक समृद्धिका निम्ति बढीभन्दा बढी लगानी भित्र्याउने उद्धघोष गरिरहेका वेला पोखरेलले नेपाली समुदाय तथा विदेशी लगानीकर्तासँग औपचारिक छलफल पनि गर्ने केसीले जनाए ।

नेपाली दूतावास आबुधाबी र नेपाली बिजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा सोमबार साँझ नेपाली तथा विभिन्न देशका ब्यवसायी एवम लगानीकर्ताहरुसँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले दुबई च्याम्बर अफ् कमर्सका उच्च अधिकारीसँग भेटघाट तथा विशेष छलफल गर्नेछन् ।

सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशहरुले एअर शोलाई शक्ति प्रदर्शनको रुपमा समेत लिने गरेका छन् । उक्त आयोजनामा नेपाल पहिलो पटक उच्च स्तरीय नेतृत्व सहित सहभागी हुन लागेको हो ।

भ्रमण टोलीमा नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनन्त कार्की, परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका महाशाखाका सहसचिव हरिश्चन्द्र घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका स्वकीय सह–सचिव दीपेन्द्र श्रेष्ठ सहभागी छन् ।

भ्रमण टोलीलाई रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे र नेपाली सेनाका वलाध्यक्ष रथी गौरव तण्डुल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा विदाइ गरे ।

रक्षामन्त्री पोखरेल ४ मंसिरमा स्वदेश फर्किने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?