Comments Add Comment

सामाजिक संजालमा किन भयो वाणीको विरोध ?

नायिका वाणी कपुर अभिनित चलचित्र ‘वार’ले बक्स अफिसमा धमाका मच्चायो । तर, यो चलचित्रको सफलताले वाणीलाई भने खासै फाइदा भएको छैन । बरु, हालै मात्र उनी एक पहिरनका कारण विवादमा फसेकी छिन् । वाणीले आधा क्लिभेज देखिने गरि लगाएको एक पहिरनले विवाद निम्त्याएको हो ।

उनले लगाएको ब्लाउज विवादमा पर्नुको कारण, त्यसमा लेखिएको अक्षर हो । उनले ‘राम’ लेखिएको ब्लाउज लगाएकी थिइन् । उनको पहिरनले हिन्दु धर्माबलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै चर्को आलोचना भैरहेको छ ।

हुनत, वाणीले यो तस्वीर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् । तर, पनि सामाजिक संजालको दुनियाँमा यो तस्वीर भाइरल भैरहेको छ । कतिपयले वाणीले हिन्दुहरुको भावनामा ठेस पुर्याएको भन्दै उनलाई प्रतिवन्ध लगाउन समेत अपिल गरेका छन् ।

वाणीले ‘लाज पचाउँदै’ यस्तो पहिरन लगाएको भन्दै उनको चर्को विरोध गर्नेहरु पनि सामाजिक संजालमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment