Comments Add Comment

उद्योगी रुप ज्योति रिहा

२९ कात्तिक, काठमाडौं । उद्योगी रुप ज्योति रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले भने ‘हामीले मुद्दा नचलाउने निर्णय गरेका छाैं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने हाे त्यसका लागि हामी उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा अनुरोध गरेको छौं । मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौं’ उनले अनलाइनखबरसँग भने ।

ठगी मुद्दामा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment