+
+

घुससहित विद्युत प्राधिकरण कलैयाका एक जना कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १७:५८

५ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण बाराको कलैया वितरण केन्द्रमा कार्यरत एक जना कर्मचारीलाई घुस रकमसहित शुक्रबार नियन्त्रणमा लिएको छ ।

नयाँ विद्युत मिटर जडानका लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कलैया वितरण केन्द्रका हेल्पर राजदेव महतो कोइरीलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले कोइरीलाई  कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित एक चिया पसलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?