+
+

त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते २:३०

१५ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो ।

उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा विज्ञापन खुलेको छ ।

सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ ।

हेर्नुहोस् विज्ञापन-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?