+
+

अमेरिकी सहायक रक्षामन्त्री नेपालमा, प्रधानसेनापति थापासँग भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते १३:५८

१९ मंसिर, काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभर नेपाल भ्रमणमा आएका छन् । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् ।

जंगीअड्डामा भएको भेटमा सैन्य सहायताको विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले भनेको छ, ‘भेटमा उहाँहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको छ ।’

यस किसिमको भेटले नेपाली सेनाको विश्व शान्ति स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास लिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?