+
+

सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा ४ घरमा क्षति

रासस रासस
२०७६ मंसिर १९ गते १९:०७
फाइल फोटो ।

१९ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार आगलागी हुँदा ४ घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

कङ्कालिनी–३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर नष्ट हुँदा रु १० लाख २३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नगरपालिकाको वारुणयन्त्रको सहयोगमा इलाका प्रहरी कार्यालय भारदह, सशस्त्र प्रहरी बल भारदह र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?