+
+

उपेन्द्रको प्रस्ताव रोकेको भन्दै मसालले दियो प्रधानमन्त्रीलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते ११:२०

९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवकाे संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिएको भन्दै त्यसकाे सराहना गरेकाे छ ।

यादवले यसअघिको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राख्न खोजेपछि प्रधानमन्त्री ओलीले रोकेका थिए । प्रधानमन्त्रीले प्रस्ताव रोकेपछि यादवसहित समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिँदै सरकार छाडिसकेका छन् । लगत्तै मसालले विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई धन्यवाद दिएको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यादवले मन्त्रीमण्डलमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेका थिए, त्यसका लागि ओलीलाई धन्यवाद दिन्छौं ।’

मसालले राष्ट्रिय जनता पार्टी (राजपा)का संविधन संशोधनसम्बन्धी प्रस्तावलाई अस्वीकार गर्ने आशासमेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?