+

एनआरटीसँग हार्‍यो च्यासल, सन्तोषको १०० गोल अझै पर्खाइमा

२०७६ पुष  ९ गते १८:१२ २०७६ पुष ९ गते १८:१२
एनआरटीसँग हार्‍यो च्यासल, सन्तोषको १०० गोल अझै पर्खाइमा

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब न्युरोड टिम एनआरटीसँग २-१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा २३ औं मिनेटमा जुनियर एनगुएनेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।

७१ औं मिनेटमा जोर्डन एनडेम्बा दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेर १० खेलाडीमा सीमित हुँदा पनि च्यासलले त्यसको फाइदा उठाउन सकेन । बरु एनआरटीले ८६ औं  मिनेटमा गोल थप्यो ।

दर्शन गुरुङले काउन्टर अट्याकमा प्राप्त बल गोलमा परिणत गर्दै एनआरटीको अग्रता दोब्बर पारे । च्यासलका अमिर श्रेष्ठले इन्जुरी समयको पाँचौं मिनेटमा सान्त्वना गोल गरे ।

यस सिजन च्यासलको यो पहिलो हार हो भने एनआरटीको दोस्रो जित हो । दुवै टिमको ३ खेलबाट समान ४ अंक छ । एनआरटीले दुई खेलबाट ६ अंक जोडे पनि गत सिजन पुछारमा रहेकोले २ अंक ऋण तिरेपछि ४ अंक मात्र भएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६