Comments Add Comment

भारतीय गायिका आशा भोस्ले काठमाडौंमा

९ पुस, काठमाडौं । चर्चित भारतीय गायिका आशा भोस्ले नेपाल आइपुगेकी छन् ।

शनिबार हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी बुधबार दिउँसो काठमाडौं आएकी हुन् । साधना कला केन्द्रले आयोजना गरेको रञ्जित गजमेर र आशा भोस्लेको सांगीतिक यात्रा कार्यक्रम आगामी शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा  हुँदैछ ।

बुधबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाली पोशाकमा उपस्थित कलाकारहरुले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिएका थिए ।

रञ्जित गजमेर र आशा भोस्लेको सांगीतिक यात्राको सम्झना गर्दै उनको सम्मानको लागि यस कार्यक्रमको आयोजना गरिएको साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले बताए । गजमेरकै पहलबाट आशालाई नेपालसम्म ल्याउन सफल भएको उनको भनाइ छ ।

आशा र रञ्जितको सहकार्यबाट धेरै गीत तयार भएका छन् । आशाले रञ्जितको संगीतमा नेपाली गीतहरुमा पनि आवाज दिएकी छिन् । उनको आवाजमा ६० हाराहारी नेपाली गीत रेकर्ड भएका छन् ।

उक्त कार्यक्रममा प्रेमध्वज प्रधान, दीप श्रेष्ठलगायतका व्यक्तित्वहरुले संगीतिक प्रस्तुति दिनेछन् । ‘३० भन्दा बढी पुराना कलाकारले रञ्जित दाइको सम्मानका लागि गीत गाउनु हुनेछ ।’ आशाले पनि त्यहाँ गीत गाउने छिन् ।

केही दिन नेपालमा रमाउने उद्देश्यले नेपाल आएकी आशाले पशुपतिनाथ, पोखरा र लुम्बिनी पनि भ्रमण गर्नेछिन् । समय मिलेमा आशालाई मुक्तिनाथसम्म पु¥याउने आयोजकको तयारी छ ।

 

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment