Comments Add Comment

उपेन्द्र यादवको टिप्पणी : दुई तिहाइको दम्भ समाप्त भयो

९ पुस, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् ।

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष यादवले भने, ‘हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो, त्यो आजदेखि समाप्त भयो ।’ साथै सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने पनि अन्त्य भएको उनले बताए ।

संविधान संशोधनका लागि सरकार तयार नभएपछि समर्थन फिर्ता लिएको पनि उनले बताए । ‘हामीले पटकपटक भन्यौं, पार्टीको प्रतिनिधिमण्डल बनाएर प्रधानमन्त्रीलाई संविधान संशोधनका लागि स्मरण गरायौं,’ उनले भन भने, ‘संविधान संशोधनका लागि भएको सहमति त कार्यान्वयन भएन बर नीति, बजेट निर्माण, कानून बनाउँदा कुनै सहकार्य भएन । एकलौटी निर्णय गर्दै गर्दै जाुनभयो ।’

आफूले संविधानमा भएको त्रृटिहरु केलाएर संशोधन गर्न संविधानविदहरुको विज्ञ टोली बनाएर अध्ययन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेको भन्दै उनले सरकारमा के गरी बस्ने भन्ने प्रश्न गरे ।

हेरौं राजपाले के गर्छ अब ?

सरकारबाट बाहिरएपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चाहेमा पार्टी एकता हुने बताएको छ ।

पछिल्लो समय राजपाले एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको थियो । आफूहरु सरकारबाट बाहिरिएपछि राजपाको त्यो शर्त पूरा भएको समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताए ।‘राजपासँग पार्टी एकताका लागि धेरै कुरा मिलिसकेको छ । सरकार छाड्नुपर्ने उहाँहरुको शर्त पनि पूरा भएको छ’ अध्यक्ष यादव भन्छन्, ‘उहाँहरु चाहनुहुन्छ भने हामी तयार छौं ।’

अब पार्टी एकता हुने वा नहुने विषय राजपाको हातमा रहेको यादवको आशय थियो । ‘अब हेरौं राजपा कसरी अगाडि बढ्छ ?’ बिहीबार कार्यकारिणी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यादवले भने ।

समाजवादी बाहिरएसँगै राजपा नेपाल सरकारमा सहभागी हुन सक्ने भनी भइरहेको चर्चाबारे यादवले भने ‘सरकारमा गएर राजपाले आत्महत्या नै गर्ला भन्ने लाग्दैन । जानी जानी यस्तो आत्मघाती कदम नउठाउला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment