+
+

नेकपा सचिवालयमा फेरियो प्रचण्डको आसन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १४ गते १:३०

१३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन फेरिएको छ । यसअघि अरु नेताहरुसँगै बस्दै आएका उनी आइतबारको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बसे ।

प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलो पटक सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयका लागि छुट्टै कुर्सी थियो ।

सचिवालयका अरु नेता दुई अध्यक्षको दायाँबायाँ राखिएका कुर्सीहरुमा बसेका थिए ।

यसअघिका बैठकहरुमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एउटा छुट्टै सोफामा बस्थे भने अर्का अध्यक्ष प्रचण्ड अरु नेतासँगै बस्थे ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा यसअघि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा अर्का अध्यक्ष केपी ओली सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?