Comments Add Comment

नेकपा सचिवालय बैठक : सभामुख र एमसीसीबारे अनिर्णित

नेकपा सचिवालय बैठक । फाइल फोटो

१३ पुस, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल गर्न नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, बैठक विषयमा अनिणिर्त हुँदै टुंगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम-कारबाही प्रभावित हुँदै आइरहेको छ । आइतबार पनि यसबारे नेकपाले निर्णय लिन नसकेकाले संसदको अन्योलता थप चुलिने देखिएको छ ।

एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि नेकपाका लागि यो टाउको दुखाइको विषय बनेको छ ।

यो पनि पढ्नुहोस प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment