Comments Add Comment

ए डिभिजन लिगमा संकटाद्वारा एपीएफ पराजित

२४ पुस, काठमाडौं । संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४-२ ले पराजित गरेको छ ।

दशरथ रंगशालामा  भएको खेलमा १९ औं मिनेटमा लक्ष्मण रुचालले करिब २५ यार्डबाट प्रहार गरेको प्रिकिक गोलबाट संकटाले अग्रता लिएको थियो । पेनाल्टी एरियामा वान बाउन्स भएर बल गोल भए पनि एपीएफका गोलकिपर अमृत चौधरीले रोक्ने कुनै मौका पाएनन् ।

४४ औं मिनेटमा कर्ण सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । पेनाल्टी एरियामा अजयी मार्टिन्स कोयोडोको पासमा कर्णलेको पहिलो प्रहार एपीएफका गोलकिपर अमृतले रोकेका थिए तर त्यसमै बएको रिबाण्डमा कर्णले नै गोल गरेका हुन् ।

५३ औं मिनेटमा अजयीले नै गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । तर एपीएफले लगातार दुई गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो । ५६ औं मिनेटमा नवीन लामा र ७२ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याए । तर ८८ औं मिनेटमा अजयी मार्टिन्सले नै गोल गर्दै संकटालाई ४-२ को अग्रता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment