२३ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी सिजनमा पहिलो पटक शहीद स्मारक ए लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
लिगमा आर्मीको यो चौथो जित हो । पाँचमध्ये चार खेल जितेको आर्मी १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मनाङ मर्स्याङ्दी ११ अंकका साथ दोस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वतीलाई पराजित गर्न आर्मीका जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी एरियामा दिएको क्रसमा जर्जले गोल गरेका हुन् ।
दोस्रो हाफमा पनि हार्मीले गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । ७४औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले हानेको बल पोष्ट नजिकैबाट बाहिरियो । लगत्तै टंक बस्नेतले वान भर्सेस वानमा चुकेको थिए ।
प्रतिक्रिया 4