+

चितवन राइनोजको मुख्य प्रशिक्षकमा सोहेल तनविर

२०८३ साउन  १३ गते १९:२४ २०८३ साउन १३ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
  • शिक्षक दिवसको अवसरमा सार्वजनिक गरिएका तनवीर यसअघि चितवन राइनोजबाट दुई संस्करणमा खेलाडीका रूपमा आबद्ध थिए ।
  • अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको अनुभव बोकेका तनवीरको नेतृत्वमा टोलीले आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको छ ।

१३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चितवनले शिक्षक दिवसको अवसर पारेर तनविरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो ।

तनवीर यसअघि एनपीएलका पहिलो दुई संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा आबद्ध थिए । अब भने उनी टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

पाकिस्तानका पूर्वराष्ट्रिय खेलाडी तनविरसँग अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिगमा खेलेको र प्रशिक्षणको अनुभव छ ।

चितवनले उनको नेतृत्वमा आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको जनाएको छ ।

तनविरले पहिलो संस्करणमा ८ खेलमा १४ विकेट लिएका थिए भने दोस्रो संस्करणमा ५ खेल खेल्दा ८ विकेट लिए ।

एनपीएल २०२६ चितवन राइनोज सोहेल तनविर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय