News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।
- आईसीसीद्वारा बुधबार सार्वजनिक नयाँ वरियतामा दीपेन्द्र २५६ रेटिङ अंकसहित चौथोबाट तेस्रो स्थानमा पुगेका हुन्।
- वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् रहँदा भारतीय खेलाडी हार्दिक पाण्ड्या तेस्रोबाट पाँचौं स्थानमा झरेका छन्।
१३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।
नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्र भन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् । हार्दिक पनि खेल भने खेलेका छैनन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ ।
दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । रस्टन चेज चौथोमा उक्लँदा हार्दिक तेस्रोबाट पाँचौंमा झरेका हुन् ।
प्रतिक्रिया 4