News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दै छ ।
- युट्रेक्टमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ भने यसअघिका तीनवटै खेलमा नेपाल पराजित भएको छ ।
- लिगको शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेलमा जित हासिल गर्नु अनिवार्य छ ।
१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग आज खेल्दै छ ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्न लागेको हो ।
नेपालले यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको छ । लगातारको हारले नेपालको लिग २ मा शीर्ष ४ मा पर्दै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना न्यून बनिसकेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदा तेस्रो खेलमा नामिबियासँग फेरि पराजित भएको थियो ।
लिग २ अंकतालिकामा हाल नेपालको ३१ खेलबाट २४ अंक छ । नेपाल छैटौं स्थानमा छ । नेदरल्यान्ड्सको ३० खेलमा ३६ अंक छ र तेस्रो स्थानमा छ । नामिबियाको ३१ खेलबाट २६ अंक छ ।
नेदरल्यान्ड्सलाई हराउन नसकेमा नेपालको शीर्ष ४ सम्भावना लगभग समाप्त हुनेछ ।
नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल
प्रतिक्रिया 4