२४ पुस, काठमाडौं । ईएफएल कपको दोस्रो सेमिफाइनलको पहिलो लेगमा प्रिमियर लिगका दुई क्लब लेस्टर सिटी र एस्टन भिल्लाले बराबरी खेलेका छन् । वैकल्पिक खेलाडी केलेची इहनाचोले लेस्टरका लागि दोस्रो हाफमा गोल गरेपछि लेस्टरले भिल्लासंग १-१ को बराबरी खेलेको हो ।
लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा पहिले अग्रता भिल्लाले लिएको थियो । खेलको २८ औं मिनेटमा फ्रेडरिक गुइलवर्टले गोल गर्दै भिल्लालाई पहिले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको लेस्टरका लागि ७४ औं मिनेटमा एहनाचोले गोल गरे । उनी ६९ औं मिनेटमा अयोज परेको स्थानमा मैदान प्रवेश गरेका थिए ।
अब दोस्रो लेगको खेल जनवरी २९ मा हुनेछ । अर्को सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4