Comments Add Comment

ट्राफिक प्रहरीलाई डीआईजी पोखरेलको निर्देशन – कसैलाई पनि सहुलियत नदिनू

२४ पुस, काठमाडौं । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको बिहीबार निरीक्षण गर्दै पोखरेलले कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् ।

सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएको समेत स्मरण गराउँदै पोखरेलले भने, ‘ट्राफिक प्रहरीको बोली, बचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । त्यसैले आफूलाई प्रहरीले संगठनको ऐनाका रूपमा प्रस्तुत गर्नुस् ।’

धुलो–धुँवा, घाम–पानी नभनी हरपल काममा खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने बताउँदै पोखरेलले आर्थिक पक्षमा शून्य शहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए ।

राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको सदैव साथ रहने समेत उनले बताए । ‘गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी काम गर्नु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment