Comments Add Comment

सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु

पर्यटन प्रवर्द्धन र कृषि विकासमा टेवा पुग्ने दाबी

२४ पुस, बुटवल । रुपन्देहीको सैनामैनामा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ सुरु भएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सव आगामी माघ ६ गते सम्म चल्ने छ ।

सैनामैना–४ स्थित रंगशालामा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गरे ।

महोत्सवले पर्यटन प्रवर्द्धन र कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने आशा गरिएको बताउँदै नगरपालिकाको योजनामा निजी क्षेत्रले गरेको सहकार्य स्वागतयोग्य भएको उनले बताए ।

मेला महोत्सवहरु रमाइलो गर्नका लागि भन्दा पनि अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा केन्द्रित हुनु्पर्ने भन्दै उनले सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण र सम्बर्द्धन गर्ने काममा नगरपालिका केन्द्रित रहेको बताए ।

कांग्रेसका जिल्ला उपसभापति फणिन्द्रप्रसाद शर्माले सैनामैना महोत्सव सैनामैनाको गौरव भएको उल्लेख गर्दै सफल पार्न सबैले सहकार्य गर्नुपर्ने बताए ।

मेलाको उद्घाटनका अवसरमा संघका अध्यक्ष राजबहादुर क्षेत्रीले सैनामैनाको कृषि, पर्यटन तथा उद्योग र व्यापारको महत्वलाई महोत्सवमार्फत उजागार गरिने बताए ।

सैनामैनाको विकासका लागि निजी क्षेत्रले सरकारसंग सहकार्य गर्न तयार रहेको भन्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष क्षेत्रीले मेलामा बुद्धकालिन सभ्यताको उजागर, पर्यटकीय क्षेत्रको पहिचान सँगसँगै स्थानीय स्तरमा उत्पादन भएका कृषि, हस्तकला लगायतलाई प्रथामिकता दिइएको बताए ।

‘आर्थिक विकासका राष्ट्रिय आधार : कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको मेलामा दुई सय २० स्टल रहेका छन् ।

सैनामैनालाई बुद्धकालीन ऐतिहासिक तथा प्राचिन सहरको रुपमा मानिन्छ । मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिइएको महोत्सवका सदस्य सचिव तथा संघका महासचिव दीपक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment