Comments Add Comment

बुटवलमा वर्डक्याम्प-२०२० हुँदै, पाँचसय जना सहभागी हुने

२४ पुस, बुटवल । बुटवलमा वर्डक्याम्प बुटवल २०२० हुने भएको छ । वेबसाइट बनाउने सफ्टवेयर वर्डप्रेस सम्बन्धी सम्मेलनको तयारी थालिएको छ ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो । बुटवलमा पहिलो पटक आयोजना हुन गइरहेको वर्डक्याम्प बुटवल सूचना प्रविधि सम्बन्धी बुटवलकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको वर्डप्रेस तथा वर्डक्याम्प बुटवलका लिडर एवम् सफ्टवेयर डेभलपर माधव ढुगांनाले बताए ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु साथै भारत र जापानका २० जना वर्डप्रेस विज्ञले विभिन्न विषयमा प्रस्तुति दिने र अनुभव बाड्ने छन् ।

बुटवलमा सूचना प्रविधि सम्बन्धी प्रभावकारी कार्यक्रमहरु नभइरहेको अवस्थामा वर्ड क्याम्प बुटवलले यस क्षेत्रका सूचना प्रविधिको स्तर उकास्दै अन्तर्राष्ट्रिय पहुँचको विकास गर्ने आयोजकको दाबी छ ।

नेपाल भ्रमण वर्ष २०२० को आगमनसँगै लागिएको कार्यक्रममा जापान, भारतलगायतका विभिन्न देशबाट सहभागी आउने हुँदा भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा देश तथा विदेशबाट पाँच सय जना बढीको सहभागिता रहनेछ । कार्यक्रमका लागि करिब ९ लाख खर्च हुने आयोजकको अनुमान छ ।
आगामी माघ ११ गते जनवरी २५ का दिन बुटवलको योगिकुटीस्थित द दरबार लन’मा हुने कार्यक्रममा सहभागि हुनका लागि एकहजार प्रवेश शुल्क लाग्नेछ ।

कार्यक्रमका लागि उकमर्स, जेटप्याक, गोड्याडी, हब्स्पट, ब्लु होस्ट, ब्रोडवे इनफोसिस, रिगोरस वेब, बुटवल वेब, इन्भाइट टेक, वेब पेज नेपाल, इनेप्सटर, प्रोशोर, हाइ-स्पीड कम्प्युटर, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोवेशन, लक्ष्मी इलेक्ट्रोनिक्सलगायतका वर्डप्रेससँग विभिन्न स्वदेशी तथा विदेशी संस्थाले प्रायोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment