Comments Add Comment

मासुको मूल्य बढाउन चलखेल गर्नेलाई कालोबजारी मुद्दा

५ फागुन, काठमाडौं । कुखुराको मासुमा कृत्रिम मूल्यवृद्धि गर्न चलखेललाई कालोबजारी ऐनअन्र्तगत कारबाही गरिने भएको छ ।

विभागमा सोमबार आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कारबाहीको विभागले मिहिन ढंगले अनुसन्धान गरिरहेको दाबी गरे ।

‘उपभोक्ता संरक्षण ऐनले जरिवाना गर्न भन्छ तर कुखुरा र ह्याचरीवालाको कार्यमा कालोबजारी ऐन आर्षकण हुन्छ, हामी फितलो कारबाही गर्दैनौं,’ विभागका माहानिर्देक नेत्रप्रसाद सुवेदीले भने ।

ह्याचरी व्यवसायीको चल्ला नष्ट अभियानले बजारमा मासुको मूल्य बढ्नुमा परेको प्रभावबारे विभागले तथ्य केलाईरहेको पनि उनले बताए । विभागले हृयाचरी व्यवसायी, मासु बिक्रेतासँग लिखित जवाफ मागेको, उपभोक्ता अधिकारकर्मी र कानुन व्यवसायीसँग छलफल र परामर्श गरिरहेको भन्दै महानिर्देशक सुवेदीले कालोबजारी गर्नेलाई उपभोक्ताले महसुस गर्नेगरी कारवाही गर्ने प्रतिबद्धता जनाए ।

कालोबजारी कसुर प्रमाणित भए कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार  दोषीलाई कैद र जरिवाना दुवै गर्न सक्ने अधिकार दिएको छ ।

विभागले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा धेरै बजार अनुगमन गरेको पनि दावी गरेको छ । चालु आर्थिक वर्षमा एक हजार वटा व्यापारिक र्फमहरुमा  अनुगमन गर्ने लक्ष्य लिए पनि ८ महिनामा ११ सय ६४ वटा र्फमहरुको अनुगमन गरिएको विभागले जनााएको छ । बजार अनुगमनमा तिब्रता दिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै विभागले वाषिर्क लक्ष्य दुई हजार पुर्‍याएको पनि जनाएको छ ।

यस अवधिमा काठमाडौं उपत्यका तथा बाहिर गरेर कुल ३ सय ५३  अनुगमन टोली परिचालन गरेर ११ सय ६४ वटा र्फमलाई अनुगमन गरेको विभागले जनाएको छ ।

अनुगमनबाट उपत्याकाभित्र ६५ लाख २७ हजार तथा उपत्याकाबाहिर ४२ लाख ५५ हजार रुपैयाँ  गरे कुल १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना गराएको विभागले जानकारी दिएको छ ।

यस्तै देशैभरको अनुगमनमा अखाद्य भेटिएका विस्कुट, चकलेट जस्ता एक करोड ५३ लाख ६६ हजार ९८८ रुपैयाँको वस्तु नष्ट गरिएको पनि विभागले जनाएको छ ।

अनुगमनमा कैफियात देखिएको दुई र्फमविरुद्ध मुद्धा दायर गरिएको तथा उपत्याका भित्रका १८ वटाको नमूना संकलन गरेर परिक्षणको क्रममा रहेको विभागले जनाएको छ ।

यस्तै गरिमा धानको नक्कली बीउ बिक्री सम्बन्धमा उपभोक्ता संरक्षण ऐन अन्र्तगत बीउ आयातकर्तालाई ३ लाख  तथा बिक्रेतालाई २ लाखका दरले जरीवाना गरिएको पनि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment