+
+
Shares

सरकारलाई ‘पास मार्क’ दिन सकिन्न : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते २०:१७

४ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले दोस्रो वर्ष सरकार पास मार्क ल्याउन नकेकेको टिप्पणी गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो वर्षको समीक्षा गर्दै उसले पास मार्क समेत दिन नसकिने बताएको हो । प्रधानमन्त्री ओलीले भने शनिबार संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको दाबी गरेका थिए ।

त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको बताए ।

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण बनेको, नेकपाको बहुमत र लामो समय तेस्रो दलको साथका कारण बनेको दुई तिहाई र सालिन प्रतिपक्षका कारण सरकारलाई सहज समय भएको भन्दै उनले भने भने, ‘अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो ।’

शर्माले बाँकी तीन वर्षमा सरकारले कति आफ्नो लक्ष्य हासिसल गर्ने सम्भावना छ भन्ने दुई वर्षे लक्ष्यको वेहालतले धेरै प्रष्ट्याउने बताए ।

शनिबार प्रधानमन्त्रीले संसदमा लामो सम्बोधन गरेको भन्दै उनले भने, ‘प्रतिपक्षी दलका रुपमा कांग्रेस हिजोको घोषणापत्रको आलोकमा आफ्नो कर्मको अनुहार हेर्न सम्माननीय प्रधानमन्त्रीलाई अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?