Comments Add Comment

कोरोनाले निम्त्याएको यात्रा : वुहानदेखि खरिपाटीसम्म

हुबेई प्रान्तको एक सहरबाट फर्कंन लागेकाहरू ।

४ फागुन, काठमाडौं । काेरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ । १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको थियो ।

बेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार वुहानबाट ५५ जना, जिङ्गचोउबाट ४८ जना, इन्सीबाट २६ जना, सियानबाट २९ जना, जिङ्गमेनबाट ९ जना र यिचाङबाट ८ जना नेपाल आएका छन् । उद्धार गरिएकाहरुमा १७० जना विद्यार्थी, दुई जना पर्यटक, दुई बच्चा र १ जना कामदार छन् ।


नेपाल आउने तयारीमा रहेका ६ जनालाई भने चीनले उत्तै रोकेको छ । उनीहरुलाई ज्वरो आएकाले उतै रोकिएको हो । बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा ‘मेडिकल रिजन’ले ६ जना नेपाली स्वदेश फर्किन नपाएको उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज रोकिएलगत्तै विमानभित्र बसेकाहरुले ताली बजाएर खुसी प्रकट गरेका थिए ।

उनीहरुलाई विमानस्थलमा स्वास्थ्य जाँच गरी पाँच वटा बस र एम्बुलेन्समा राखेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको थियो ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि गत जनवरी २३ तारिखदेखि चीन सरकारले यातायातका सबै साधन बन्द गरेको थियो भने घर बाहिर निस्किन पनि रोक लगाएको थियो । जसका कारण नेपालीहरु पनि कोठाभित्रै बसिरहन बाध्य भएका थिए ।


उनीहरु र उनीहरुका अभिभावकहरुले छिटो उद्धार गरिदिन नेपाल सरकारसमक्ष अपिल गरेका थिए । त्यसपछि बेइजिङस्थित दूतावासले वुहान क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुबाट निवेदन माग गरेको थियो । निवेदन दिनेहरुमा १८५ जना थिए । उनीहरुलाई नेपाल ल्याउन सरकारले फागुन ३ गते नेपाल एयरलाइन्सको जहाज चीन पठाएको थियो ।

विमानस्थलममा ओर्लिएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । संक्रमणबाट जोगाउने विशेष प्रकारको कपडा लगाएका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य जाँच गर्दै बसमा चढाएका थिए ।

बसमा बसेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनतर्फ प्रस्थान गर्दा बसभित्रैबाट उनीहरुले हात हल्लाएका थिए । उनीहरुलाई प्रहरीको स्कर्टिङमा विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याइएको थियो

त्रिभुवन विमानस्थलबाट बसमार्फत खरिपाटीस्थित क्वारेन्टाइन जाँदै गरेकाहरू

लामो समयदेखि बन्दी जस्तै बनेर कोठाभित्रै बसिरहन बाध्य भएका नेपालीहरु स्वदेश फर्किन पाएकोमा खुसी देखिन्थे । उनीहरुले एयरपोर्ट प्रस्थान गर्न गाडी पर्खिरहेकोदेखि स्वेदश फर्किएको फोटो तथा भिडियोहरु सामाजिक सन्जालमा सेयर गरेका छन् ।

वुहानबाट विमानस्थल जानुपूर्व गाडी कुरिरहेका नेपाली ।
वुहान शहरबाट विमानस्थलतर्फ जान बस चढ्दै गरेका नेपाली ।
बस चढेर विमानस्थल जाँदै गरेकाहरु ।
स्देश फर्कन वुहानमा विमानको प्रतीक्षा गरिरहेका नेपाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment