Comments Add Comment

वुहानबाट उद्धार गरिएका सबैलाई खरिपाटी पुर्‍याइयो

४ फागुन, काठमाडौं । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पुर्‍याउन पाँच वटा बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् । नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस चीनबाट आउनेका लागि यसरी तयार छ ‘खरिपाटी क्वारेन्टाइन’
वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । ६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जना भने नेपाल फर्कन इच्छा नदेखाएर वुहानमै बसेका दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment