
चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’ अहिले चर्चामा छ । विशेषगरि, यसका अघिल्ला २ सिरिजले दर्शकमा राम्रै प्रभाव छाडेकाले पनि तेश्रो सिरिजले आशा अझै बढाएको हो ।
यसैले पनि नेपाल बाहिर पनि यो चलचित्रको अधिकार किन्ने क्रम सुरु भएको छ । चलचित्रको अष्ट्रेलिया राइट्स आरकेएस अष्ट्रेलिया प्राइभेट लिमिटेड र बाबा कन्सलटेन्सीले खरिद गरेको छ । निर्माता अर्जुन कुमारले महंगो रकममा चलचित्रको राइट्स विक्री भएको जानकारी दिए ।
चलचित्रको अष्ट्रेलिया राइट्सको संझौताका लागि निर्माता अर्जुन कुमार अहिले अष्ट्रेलियामा छन् । चलचित्रको ब्रान्ड भ्यालुका कारण पनि यसलाई महंगो रकममा किनिएको अर्जुनले बताए ।
निर्माता कुमारले अन्य देशमा पनि चलचित्रको लागि माग आइरहेको सुनाए । निकेश खड्का निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ ।
सस्पेन्स थ्रीलर कथामा निर्माण भएको यो चलचित्रको ‘चारानाको मसला’ बोलको गीत सार्वजनिक भैसकेको छ ।
प्रतिक्रिया 4