+
+
Shares

शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, आजै शपथ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते ११:११

५ फागुन, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारबाट समाजवादी पार्टीको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सभामुख पदमा शिवमायाले पनि दावी गरेकी थिइन् ।

तर नेकपाले उनलाई उपसभामुखबाट राजीनामा गर्न लगाएको थियो ।

उपसभामुखबाट राजीनामा दिएपछि उनी नेकपा केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?