+
+
Shares

विजुलीको तार भूमिगत हुने भएपछि व्यवसायी खुसी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १९:२७

५ फागुन, काठमाडौं । विजुलीको तार भूमिगत हुने भएपछि व्यवसायी खुसी भएका छन् । व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले तार भूमिगत गर्ने सरकारी कामको स्वागत गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले धेरै राम्रो कामको शुरुवात गरेको बताए ।

आफूहरुले १० वर्ष अघिदेखि तार भूमिगत गर्नुपर्ने माग राखेको भन्दै अध्यक्ष कटुवालले यो कामले राज्य तथा व्यवसायीलाईमात्रै नभएर सर्वसाधारणलाई धेरे फाइदा पुग्ने बताए ।

‘प्रधानमन्त्रीज्यूले जुन कामको शुरुवात गर्नु भएको छ, यो हामीले धेरै पहिलेदेखि उठाउदै आएका थियौं’ उनले भने, ‘यसले व्यवसायीहरुलाई केहि सहज र सर्वसाधारणलाई सुरक्षित महशुस गराउनेछ ।’

काठमाडौंका न्यूरोड, महाबौद्ध लगायतका क्षेत्रमा विद्युतिय तार छरपस्त हुँदा सामान ढुवानी गर्न समेत समस्या भइरहेको उनले बताए । तारकै कारण ढुवानी गर्न असहज भएको र पैदलयात्रीहरुले निर्वाध हिड्न पनि नपाउने गरेको उनले बताए ।

यि सबै क्षेत्रमा तार भूमिगत भए व्यवसायीसँगै सर्वसाधारणलाई सुरक्षित तरिकाले यात्रा गर्न सहज हुने अध्यक्ष कटुवालले बताए । महासंघले निर्णय नै गरेर सरकारको कामको स्वागत गर्ने समेत उनले बताए ।

‘हामी नराम्रा कामको आलोचनामात्रै होइन, राम्रा कामको स्वागत पनि गर्छौ’ उनले भने, ‘महासंघले यस कार्यको निर्णय गरेर स्वागत गर्नेछ ।’ सरकारले साना उद्योगी तथा व्यवसायीहरुलाई बेवास्ता गरेको भन्दै अध्यक्ष कटुवालले बताउदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?