+
+

कोरोनाको जोखिमप्रति सजग रहन शिक्षक, विद्यार्थीलाई आग्रह

रासस रासस
२०७६ फागुन २१ गते ८:३९

२१ फागुन, काठमाडौं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरूले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर प्रयत्नमा जुट्नु सबैको कर्तव्य भएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) ले सार्वजनिक आह्वान गरेका हुन् । सदस्य विद्यालयलाई यस संक्रमणप्रति सजग र सचेत रही आफ्ना विद्यालयका कार्यक्रमसमेत अत्यन्तै सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै अभिवादन गर्दा हात नमिलाऔँ र नमस्कार आदान–प्रदान गर्ने गरौँ भनी आह्वान पनि गरिएको छ ।

बालबालिकालाई मास्क लगाउने, हातमुख धुने, व्यक्तिगत तथा संस्थागत सरसफाइमा उचित प्रबन्ध मिलाउने कार्य गर्न–गराउनु हुन साथै यो सङ्क्रमण चिसो वा पानीसँग बढी सम्बन्ध राखी फैलने भन्ने चिकित्सकको सुझावलाई ध्यान दिन सुझाव दिइएको छ । यसैगरी अनावश्यक भीडभाडमा सामेल नहुन, घर परिसरको फोहरलाई यथाशक्य व्यवस्थापन गर्न, मासुजन्य खाद्य पदार्थ प्रयोगमा विशेष सावधानी अपनाउन, बजारमा प्राप्त हुने विभिन्न प्रकारका प्याकमा पाइने चिसो पेय पदार्थ प्रयोग नगर्न, विद्यालयका शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्न–गराउन पनि आह्वान गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?