Comments Add Comment

गण्डकी प्रदेशका दल र समितिले बल्ल पाए कार्यालय

२८ फागुन, पोखरा । गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ४ वटै दल र समितिहरुले बुधबारदेखि आफ्नै कार्यालय पाएका छन् । गण्डकी प्रदेश सभा नदीपुरमा संसदीय दल र समितिका निम्ति नयाँ भवन निर्माण सम्पन्न भएपछि कार्यालयको व्यवस्थापन भएको छ ।

नयाँ भवनको बुधबार सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका छन् । बुधबारबाटै नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले नयाँ भवनमा बैठक बस्ने र छलफल गर्न थालेका हुन् ।

गण्डकी प्रदेशसभामा नेकपा, कांग्रेस, जनमोर्चा र समाजवादी पार्टीको प्रतिनिधित्व छ भने ४ वटा विकास समिति छन् । अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति र विधायन समितिका निम्ति नयाँ भवनमा कार्यालयको व्यवस्थापन भएको हो ।

नेकपा र कांग्रेसका निम्ति बैठक हल, कार्यालय सञ्चालनका निम्ति कोठासहित नयाँ भवनमा व्यवस्था मिलाइएको छ भने जनमोर्चालाई नेकपाले प्रयोग गर्दै आएको कोठा र समाजवादीका निम्ति कांग्रेसले प्रयोग गर्ने कोठा उपलब्ध गराइएको छ ।

१ करोड २६ लाख ४० हजार रुपैयाँको लागतमा प्रि–फ्याब भवन निर्माण गरेको छ भने २१ लाख रुपैयाँ खर्च गरेर फर्निचर व्यवस्थापन मिलाउन लागिएको प्रदेशसभाले जनाएको छ । भवन निर्माणको जिम्मा मैत्री कन्स्ट्रक्सन र मनकामना कन्स्ट्रक्सनले पाएका थिए ।

गण्डकी प्रदेशका प्रमुख संसदीय दल र समितिलाई कार्यालयकै अभावमा बैठक बस्न समस्या थियो । कार्यालयको अभावमा साँघुरो कोठामा संसदीय दलले बैठक गर्दै आएका थिए भने समितिहरुको बैठक पनि आलोपालो र आली ठाउँ हेरेर गर्नुपर्ने अवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment