+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सरकारी निर्णय कार्यान्वयन गराउन सिरहामा निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १६:०६

११ चैत, ज्नकपुरधाम । सरकारले गरेको ‘लकडाउन’को निर्णय कार्यान्वयन गराउन सिरहा प्रशासनले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागईंले कोरोना संक्रमणको महामारीको जोखिममा उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरिएको बताए ।

कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्ला भरी प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषधाज्ञा जारी गरिएको उनले बताए ।

औषधि उपचार, खाद्य बस्तु आपूर्ति जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निनिस्किने, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक लामो दुरीका सवारी सधान संचालनमा पूर्ण रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?