+
+

फेसबुकले हटायो बोल्सोनारोको पोष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १९:१२

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोका भिडियोहरु आफ्नो प्लेटफर्मबाट हटाएको छ । बोल्सोनारोले दिएको अभिव्यक्तिले कोरोना भाइरसको महामारीबारे गलत सन्देश प्रवाह भएको भन्दै फेसबुकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको हो ।

बोल्सोनारोको फेसबुक र इन्स्टाग्राममा पोष्ट गरिएका सामग्रीमा सामाजिक सञ्जाल कम्पनीले तोकेको मापदण्ड पनि पालना नभएको फेसबुकको निष्कर्ष छ । अहिले हटाइएको बोल्सोनारोका भिडियोमा उनले मानिसहरुले अर्थतन्त्रलाई सहयोग गर्न काममा जानुपर्ने बताएका थिए ।

बोल्सोनारोले केही मानिस मर्दै जान्छन् । तर, यसबाट आत्तिनुपर्ने कुरा नभएको भन्दै सबैलाई आफ्नो काममा जान आग्रह गरेका थिए । बीबीसीले उल्लेख गरेअनुसार यसअघि ट्वीटरले पनि बोल्सोनारोका भिडियोहरु आफ्नो प्लेटफर्मबाट हटाउने निर्णय गरेको थियो ।

बोल्सोनारोका अभिव्यक्तिले मानिसहरुमा यो भाइरस सार्ने जोखिम अत्यधिक हुने गरेको ट्वीटरले बताएको थियो ।

बोल्सोनारोले पछिल्लो केही सातायता नियमित रुपमा कोरोना भाइरसबारे मानिसहरु आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् । उनले मुलुकमा लकडाउनको पक्षमा रहेका अधिकारीहरुमाथि पनि निशाना पोख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?